६४ दिनपछि फर्कियो युरोपियन फुटबल


 


जर्मनी, जेठ ३ एजेन्सी
कोरोना भाइरस कोभिड–१९ ले विश्वलाई नै आक्रान्त पारेपछि युरोपियन फुटबलको यो सिजनको भविष्य के हुने भन्ने बहस निकै चल्यो । फ्रेन्च लिग वान रद्ध गर्दै शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन पीएसजीलाई यो सिजनको च्याम्पियन घोषणा गरिसकेको छ ।

फ्रेन्च लिग वान रद्ध भएपनि जर्मन फुटबल लिग ९डिएफएल० ले जर्मन बुन्डेस लिगा क्लोज डोरमा गर्ने निर्णय ग¥यो । जर्मन चान्सलरले सावधानी अपनाएर खेलकुद गतिविधि गर्न ग्रीन लाइटको सिग्नल दिएपछि डिएफएले १६ मेदेखि लिग आयोजना गर्ने जोखिम मोल्यो ।

यससँगै झन्डै ६४ दिनपछि युरोपियन फुटबल फर्कने भएको छ । अर्थात कोरोनाका कारण स्थगित रहेको फुटबलका ठुला प्रतियोगिताहरुमा बुन्डेसलिगा पहिलोपटक सुचारु हुँदैछ । शनिबारदेखि शुरु हुने बुन्डेस लिगामा युरोपका अन्य देशका घरेलु लिग आयोजकसँगै विश्वको ध्यान जर्मनीमा केन्द्रित हुनेछ । कोरोनाको संक्रमणको त्रास अझैपनि कायम रहँदा सबै खेलहरु बन्द रंगशालामा हुनेछ ।

बुन्डेस लिगाको पहिलो दिन ६ खेल हुनेछ । जसमा सबैको ध्यान युवा स्टारहरुले भरिएको बोरुसिया डर्टमन्ड र साल्केबीचको खेलमा हुनेछ । शनिबार अग्सवर्ग र वल्सवर्ग, डर्टमन्ड र साल्के, डुसेलडर्फ र पाडेरवर्न, आरबी लाइप्जिग र फ्रेइवर्ग, होफेनहाइन र हर्था बर्लिन तथा फ्रन्कफर्ट र बोरुसिया मोन्चेनग्लाडवाचबीच प्रतिस्पर्धा हुनेछ । बायर्न म्युनिख आइतबार युनियन बर्लिन भ्रमणमा निस्कने छ ।

सिजनको अन्तिम चरणको खेल जुन २७ र २८ लाई तय गरिएको छ । बुन्डेस लिगामा बायर्न शीर्षस्थानमा रहेको छ । उसले लिगमा ४ अंकको अग्रता लिएको छ । दोस्रो स्थानमा बोरुसिया डर्टमण्ड रहेको छ । पाँच खेल एक समयमा शुरु हुनेछ । खेल नेपाली समय अनुसार ७ः१५ बजेपछि शुरु हुनेछ ।

धेरै चाँसो रहेका बेला जर्मन फुटबलले विशेष सावधानी अपनाएर लिग सुचारु गर्न पुगेको हो । शीर्ष डिभिजन क्लवहरुले स्वास्थ्य नियमको पालना गर्दै प्रशिक्षणमा फर्किए । जर्मन फुटबलले बुन्डेस लिगा सुचारुका लागि एक भेन्युमा ३०० भन्दा बढीलाई प्रवेशमा निशेष गरिएको छ । टिमको एक सातामा दुईपटक कोरोना परिक्षण गरिनेछ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्