साउदीमा काेराेना भाइरसकाे चपेटामा नेपाली नागरिक


 


साउदीा, जेठ ९
नेपालमा भन्दा खाडीका अधिकांश देशमा रहेका बढी नेपाली नागरिक काेराेना भाइरसकाे संक्रमणबाट प्रभावित देखिएका छन्। साेही क्रममा कोरोना भाइरस (कोभिड १९) को असर केही दिन यता खाडी मुलुक साउदी अरेवियामा झन् बढ्दो रूपमा देखिएको छ ।

बिहीबारसम्म १३६४ नेपाली संक्रमित भएका छन् भने ७ जना को मृत्यु भएको छ, साथै उल्लेखनीय मात्रमा निको भएका छन् भने संक्रमित हुने महिलाको संख्या १७ पुगेको छ ।

साउदी सरकारले कोरोना भाइरसको परीक्षण तेस्रो चरणमा सुरू गर्ने जानकारी गरेको छ जसमा विभिन्न अतिरिक्त केन्द्रहरू, सवारी साधनभित्रै टेस्ट गर्ने र एपबाट टेस्टका लागि बुकिंग गर्ने प्रणाली आदि रहेका छन् भने यो भन्दा पहिला हस्पिटल परिक्षण र फिल्ड टेस्ट रहेको थियो ।

कार्यरत कामदारले आफ्नो मुलक फर्कन चाहेमा विशेष अनलाईन पोर्टल (अवदा) मार्फत आवेदन दिनसक्ने व्यवस्था मिलाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमण र साउदी सरकारले लगाएको कर्फ्यु र अन्य नियमलाई मध्यनजर गदै नेपाली दुतावासले साउदीमा रहेका बिभिन्न क्रियाशील संघ संस्थाको सहकार्यमा खाधान्य र सामान्य मेडिसिन उपलब्ध गराउँदै आएको छ भने स्वास्थ्य परामर्शको लागि २ नेपाली डाक्टरको व्यवस्था गरेको छ ।

हालसम्म साउदीमा कोरोना भाइरसको संक्रमणबाट ६५०७७ जना संक्रमित भएका छन् भने ३६०४० जना रिकभर हुनुको साथै ३५१ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: ९ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्