अमेरिकामा खरायोमा देखियो अर्को डरलाग्दो भाइरस


 



एजेन्सी
कोभिड–१९ महामारीबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा अर्को डरलाग्दो भाइरस देखिएको छ। कोरोनाबाट अमेरिकामा १५ लाखभन्दा धेरैमा संक्रमण देखिएको र एक लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

यहि बेला उत्तरीमा अमेरिकामा घरपालुवा तथा जंगली खरायोमा र्‍याबिट हेर्मोरागिक डिजिज ९आरएचडी भी २० नामक भाइरस देखिएको हो ।

यस प्राणघातक रोगबाट खरायोलाई बचाउनका लागि स्थानीय तथा राज्यका अधिकारीहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यो भाइरसको सम्बन्ध नोबेल कोरोना भाइरससँग नरहेको र यसले खरायोबाहेक कुनै पनि घरेलु जनावर वा मानिसलाई संक्रमित नगर्ने विज्ञहरुले जनाएका छन् ।

मेक्सिको तथा अमेरिकाका न्यु मेक्सिको, कोलोराडो, अरिजोना, टेक्सासलगायत क्षेत्रमा मार्चदेखि नै यो रोग देखिएको थियो । क्यालिफोर्निया डिपार्टमेन्ट अफ फिस एन्ड वाइल्ड लाइफका अनुसार कालो पुच्छर भएका ज्याक (याबिटमा मेइमा यो रोग देखिएको पुष्टि भएको छ । 

प्रकाशित मिति: ९ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्