चीनकाे दाबी: अन्य ३० देशले बनाएको भ्याक्सिन भन्दा यहाँकाे प्रभावकारी


 


काठमाडौं, जेठ ११
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड -१९)को महामारीले विश्वलाई नै त्रसित बनाएको छ। अहिले विभिन्न देशका बैज्ञानिकहरु कोरोनाको अनुसन्धानमा जुटिरहेका छन् भने चीनले कोरोना विरुद्ध मानिसमा परीक्षण गरेको एडी फाईभ भ्याक्सिन सफल भएको दाबी गरेको  छ ।

 लेनसेट जर्नलमा शुक्रवार प्रकाशित रिपोर्ट अनुसार २८ दिनमा यो खोपले मानिसमा कोरोना प्रतिरोधी क्षमता बढाएको छ । मार्च १६ देखि २७ को बिचमा जम्मा एक सय ८ जना प्रोढहरुलाई यो खोप लगाइएको थियो ।

रिपोर्टमा उल्लेख गरिए अनुसार यो खोपले सुरक्षित रूपमा कोरोना भाइरस प्रतिरोधी क्षमता बढाएको पाइएको छ ।

अनुसन्धानकर्ताहरुले यसले कोरोना विरुद्धको लडाँईमा एउटा आशाको सञ्चार गरेको बताएका छन् । उनीहरूले अब थप अनुसन्धानपछि चाडै यसलाई आम नागरिकमा प्रयोग गर्ने अवस्था आउनेमा आशावादी रहेको भनेका छन् । लेनसेटले लेखेको छ, ‘यो कोरोना महामारीबाट प्रताडित मानव जातिका लागि ऐतिहासिक कोसेढुंगा साबित भएको छ । अब यसको अन्तिम मुल्याकंन ६ महिना भित्र भई सक्ने छ।’

कोभिड विरुद्ध यसले पैदा गर्ने प्रतिरोधी एन्टीवडीले कतिसम्म प्रतिरोध गर्न सक्छ भनेर अन्तिम नतिजाका लागि अझै केही परीक्षण आवश्यक रहेको लेनसेटको विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धानको सुरुमा जनावरमा र त्यसपछि युवामा गर्दै यो पछिल्लो परीक्षण प्रौढ र वृद्धहरूमा गरिएको हो । करिब एक महिना अघि एक सय ८ जना प्रौढ र बृद्धहरुलाई यो खोप दिइएको थियो । जसबाट ती मानिसहरूमा प्रतिरोधी क्षमताको विकास भएको पाइएको हो ।

यो भ्याक्सिन सबैका लागि उपलब्ध हुन अझ धेरै समय लाग्न सक्छ । हाल अमेरिका, बेलायत लगायत ३० भन्दा बढी देशले भ्याक्सिन परीक्षण गरिरहेका छन् । ती मध्य सबै भन्दा अग्रस्थानमा चीन रहेको लेनसेटमा जनाइएको छ  ।

प्रकाशित मिति: ११ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्