राष्ट्र बैंकले नोटलाई प्रचलनमा ल्याउनु पुर्व यस्ताे सावधान अपनाउन दियाे निर्देशन


 


काठमाडौं, जेठ १२
नेपाल राष्ट्र बैकले पूर्वराजाको तस्वीर भएका नोट प्रचलनमा रोक लगाएको छ । राष्ट्र बैकले बैक तथा वित्तीय संस्थाहरुका नाममा आइतबार एक सूचना जारी गर्दै पूर्वराजाको तस्वीर भएको नोट प्रयोग गर्न रोक लगाएको हो ।

सूचनामा भनिएको छ,‘पूर्वराजाको तस्विर अंकित भएको नोटलाई पुन निस्काशन अयोग्य नोटको रुपमा वर्गिकरण गर्नुपर्नेछ र त्यस्ता नोटलाई चलनचल्तीमा पठाउनुहुँदैन ।’ त्यस्तै नोटहरुलाई जीवाणुरहित बनाएर मात्रै प्रचलनमा ल्याउन समेत बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

सूचनामा भनिएको छ,‘भुक्तानी वा सटही गर्नुपूर्व नोटलाई निश्चित प्रक्रिया अपनाई जीवाणु तथा भाइरसरहित बनाउनुपर्नेछ ।’ केन्द्रीय बैकले पुराना, झुत्रा नोटहरु समेत प्रयोगमा नल्याउन निर्देशन दिएको छ । बैक तथा वित्तीय संस्थाहरुलाई पुरानो नोटहरु नोट कोष वा राष्ट्र बैकमा बुझाउन भनेको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्