कामना सेवा विकास बैंकद्वारा नेपालपे कार्ड इस्युइङ र अक्वायरिङ सुरु
काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले नेपालपे कार्डको इस्युइङ र अक्वायरिङको थालनी गरेको छ। बैंकले आफ्नो डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यअनुरूप यो सेवा सुरु गरेको हो।
यो सेवाअन्तर्गत अब बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड प्रदान गर्नुका साथै देशभर रहेका एटिएमहरूबाट नेपालपे कार्डका साथै डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डबाट पनि कारोबार गर्न सकिनेछ।
बैंकले अन्य कार्ड स्किमहरूका साथै नेसनल पेमेन्ट स्विचअन्तर्गत सञ्चालनमा रहेको नेसनल कार्ड स्किम–नेपालपे कार्ड पनि प्रदान गर्ने भएको छ। एनसिएचएलले हालै नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु गरेपश्चात् अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको छ।
बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटिएम र पिओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ। साथै, रुपे कार्डलगायत अन्तर्राष्ट्रिय डिस्कभर कार्डहरू पनि नेपालमा प्रयोग गर्न सकिनेछ।
प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार







