अमेरिकी रास्ट्रपति ट्रम्प फेरि विवादमा, जनस्तरमा आलोचना


 



एजेन्सी
कोरोना भाइरस महामारीका बिच अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प पुनस् विवादमा आएका छन् ।

महामारीको कारण जनताले ज्यान गुमाइरहेको बेला राष्ट्रपति ट्रम्प पुनः विवादमा तानिएका हुन् । उनी ७५ दिनपछि पहिलोपटक आफ्नो निजी गल्फ कोर्समा गल्फ खेल्न पुगे।

यसक्रममा उनीसँगै रहेका जासुसी संयन्त्रका एजेन्टले मास्क लगाइदिएका थिए । तर, राष्ट्रपति बिना मास्क देखिए ।

महामारीको बीचमा गल्फ खेल्न गएको भनेर उनको जनस्तरमा आलोचना बढिरहेको हो । उनले यसअघि पनि मास्क नलगाउने बताएका थिए । जसको आलोचनासमेत भएको थियो ।

प्रकाशित मिति: १२ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्