दिनमा तीन कप चिया पिउँदा यती ठूलो फाइदा !



यदी तपाई चियाको पारखी हुनुहुन्छ भने दिनमा तीन कप चिया खान सुरु गर्नुहोस् । हालै भएको एक शोधमा दिनमा तीन कप चिया (दूध हालेको वा नहालेको) पिएमा फाईदा हुने पत्ता लागेको हो ।

फ्रेर्मिघम स्टेट विश्वविद्यालयका शोधकर्ताहरुले आफ्नो अध्ययनमा दिनमा तीन कप चिया खाएमा रगतमा सुगरको मात्रा नियन्त्रण गर्न र डाइभिटिजको जोखिम कम गर्न फाइदाजनक हुने पत्ता लगाएका हुन् ।

कालो चियामा हुने एन्टीअक्सिडेन्ट्स र प्राकृतिक तत्वले रगतमा ग्लुकोज नियन्त्रण गर्नका लागि फाइदाजनक हुने उनीहरुको निश्कर्ष छ ।

दूध चियाले हानी गर्ने आम धारणा रहेपनि चियामा दूध हाल्दा पनि यसको गुण कायम रहने निश्कर्ष छ ।

शोधका दौरान अमेरिका र जापानका वैज्ञानिकले कालो चियाको तत्व प्रयोगशालामा परीक्षण गरेका थिए ।

शोधकर्ता लीजा स्ट्रीगलले आफ्नो अध्ययनमा मनतातो पानीमा चिया लगाउँदा त्यसबाट निस्किने तत्वले ग्लुकोज कम गर्न मद्दत गर्ने पत्ता लगाएकी हुन् ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News