एन्फा नेतृत्व लगातार विवादमा, कारवाहीका लागि प्रधानमन्त्रीलाई आग्रह


 


काठमाडौं, जेठ १९

नेपाली फुटबलमा परिवर्तनको नारा बोकेर आएको एन्फा नेतृत्व विवादको भुंग्रोमा पर्ने क्रम जारी छ । कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा रहेको अखिल नेपाल फुटबल संघ एन्फाले अनियमिता र त्रुटिपूर्ण काम गर्दै आएको भन्दै एन्फामा आबद्ध ४ जिल्ला संघले कारवाही गर्दै फुटबलको संरक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

एन्फा ४ जिल्ला काठमाडौंका अध्यक्ष विराटजंग शाही, भक्तपुरका अध्यक्ष गौताम सुजखु, धादिङका अध्यक्ष दीपक खतिवडा र एन्फाबाट निलम्बित ललितपुरका अध्यक्ष पुरुषोत्तम थापाले संयुक्त रुपाम हस्ताक्षण गरेको निवेदन सोमबार मन्त्री परिषद् तथा प्रधानमन्त्री कार्यालयमा दर्ता भएको छ ।

आफु र थापाले सिंहदरबार पुगेर मन्त्री परिषद् तथा प्रधानमन्त्री कार्यालय एवंम् युवा तथा खेलकुद मन्त्रालयमा पत्र दिएको एन्फाका पूर्व कोषाध्यक्ष समेत रहेका शाहले जानकारी दिए । निवेदनमा एन्फा अध्यक्ष शेर्पा स्वेच्छाचारी ढंगले पूर्वाग्रह राखी, व्यक्तिगत लाभ हासिल गर्दै तथा एन्फा र समग्र फुटबलको हित विपरित कार्य गर्दै आएको आरोप लगाएको छ । शेर्पाका कार्यहरु नेपालको कानुन विपरित, फिफा, एएफसी र एन्फाको विधान विपरित रहेको निवेदनमा उल्लेख छ ।

एन्फा अध्यक्ष शेर्पाले केहि दिन अघि वेभ अन्तवार्ताका क्रममा तराईमा राष्ट्रियताको कमी रहेको भनाई विवादमा परेको थियो । नेपाली सेना सँगको सहकार्यमा तराईका ४ जिल्ला सप्तरी, सिराहा, धनुषा र महोत्तरीमा ग्रासरुटको कार्यक्रम सुरु गरेको बताउँने क्रममा शेर्पाको राष्ट्रियताको प्रसंग उठाएका थिए ।त्यसमा पनि ४ जिल्लाका अध्यक्षले शेर्पाको अभिव्यक्ति एन्फा विधान र मुलुकी अपराध सहिता ऐन २०७४ समेत विपरित भएको उल्लेख गरेका छन् ।

सोहि विषयमा बुधार संसदमा बुधबार सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न माग गरेका थिए । अर्को तिर स्पष्टिकरण चित्त नबुझेको भन्दै साधारण सभाका लागि निलम्बन गरिएका ललितपुर एन्फाका अध्यक्ष थापापनि अन्य ३ जिल्लाका अध्यक्षसँगै शेर्पाविरुद्ध उभिएका छन् ।

४ जिल्लाका अध्यक्षले यसअघि पनि एन्फामा अनियमिता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरु दिएका थिए । जसमा अख्तियारले प्रमाण नपुगेको भन्दै खारेज गरेको थियो ।

प्रकाशित मिति: १९ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्