चलचित्र विकास बोर्डको अध्यक्षमा दाहाल


 



काठमाडौं, जेठ २३
चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाललाई नियुक्त भएका छन् ।

बिहीबार साझ बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, साँस्कृतिक संस्थानका पूर्वमहाप्रवन्धक राजेश थापा र निर्देशक दाहालको नाम अध्यक्षका लागि सिफारिस भएको थियो ।

अध्यक्ष बन्नका लागि निवदेन भने दस जनाले दिएका थिए । अध्यक्ष केशव भट्टराईको मंसिर २९ गते निधन भएपछि बोर्ड अध्यक्षविहीन थियो ।

प्रकाशित मिति: २३ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्