बालविवाह सम्बन्धी सन्देशमुलक गीत ‘तेरो मेरो’ सार्वजनिक


 



काठमाडौं, जेठ २४
कर्णाली तथा सुदूरपश्चिम क्षेत्रको मौलिक देउडा गीत तेरो मेरोको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

देउडा गायिका रेखा जोशी र हिक्मत अबिरलको स्वरमा रहेको म्युजिक भिडियो शुक्रबार युटुवबाट सार्वजनिक गरिएको हो ।

ध्रुब विश्कोको शब्द सृजनामा बनेको गीतमा सुशीलजङ्ग कुँवर, विवेकनाथ कुँवर, आरोही कर्मा र सुस्मिता कुँवरको अभिनय रहेको छ ।

राग भिजनको प्रस्तुतिमा बनेको यो गीतमा योगेश काजील्व संगीत भरेका छन् । गीतमा जगत तिरुवाले र्याप स्वर भरेका छन् ।

जिबी आग्रीको निर्देशन रहेको म्युजिक भिडियोलाई दया शंकर चौधरीले छायाकन गरेका हुन् । गीतमा सुदूर तथा मध्यपश्चिमको बाल बिबाहलाई चित्रण गरिएको छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्