खर्बपति बने रोनाल्डो


 


काठमाडौं, जेठ २४ एजेन्सी

आधुनिक फुटबलका हस्ती पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बिलियनर एक बिलियन डलर अर्थात १ खर्ब २१ अर्ब नेपाली रुपैयाँ माथि आर्जन गर्ने खेलाडी बनेका छन् । रोनाल्डो फुटबलबाट बिलियनर क्लबमा प्रवेश गर्ने पहिलो फुटबलर बनेका छन् ।

बेलायती पत्रिका फोब्र्सले जारी गरेको सुचीमा रोनाल्डो खेल दौरान नै १ बिलियन कमाई गर्ने तेस्रो खेलाडी बनेका हुन् । खेल करियरमा रहँदा यसअघि टाइगर वुड २००९ र फ्लोयड मेवेदर २०१७ मा १ बिलियन कमाइ गर्ने खेलाडीको सुचीमा अटाएका थिए । फोर्ब्सको पछिल्लो सुचीमा खेलकुद बाहिरका काइली जेनर र कान्य वेस्ट तथा टेनिस खेलाडी रोजर फेडेरर पनि १ बिलियन कमाई गर्नेको सुचीमा अटाएका छन् ।

रोनाल्डोले १७ वर्षे फुटबल करियरमा खेलबाट आउने तलबबाट नै ५११ मिलियन पाउन्ड ९६५० मिलियन डलर कमाएका छन् । यसबाहेक बाँकी पैसा भने उनले प्रायोजनबाट आर्जन गरेका हुन् । उनले कमाइको हिसाबले अर्का सुपरस्टार अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीलाई पछि पारेका छन् । मेस्सीले खेलबाट नै २००५ देखि ४७५ मिलियन पाउन्ड ६०५ मिलियन डलर कमाएका छन् । उनको प्रायोजन समेत रकम जोड्दा अर्को वर्ष बिलियनर हुने फोर्ब्सले अनुमान गरेको छ ।

रोनाल्डोको इन्स्टाग्राममा २०० मिलियन फलोअर्स छन् । ट्वीटर र फेसबुकमा पनि उत्तिकै छन् । उनले ट्वीटर र फोटो सेयरिङ एपबाट ४२७ मिलियन कमाएका छन् । खेल सामाग्री कम्पनि नाईकबाट रोनाल्डोले वार्षिक १५ मिलियन पाउन्ड र अन्य विभिन्न प्रायोजनबाट वार्षिक ३५ मिलियन पाउन्ड कमाउँदै आएका छन् ।

केहि दिन अघिमात्र ३५ वर्षीय रोनाल्डो वार्षिक कमाइ १०५ मिलियन डलर ८२.६ मिलियन पाउन्ड सहित फोर्ब्स सुचीमा खेलाडीतर्फ तेस्रो स्थानमा अटाएका थिए । कोरोना संक्रमणका कारण युभेन्टसबाट तलब कटौतीसँगै प्रायोजन सम्झौतामा पनि असर परेको छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्