यस्तो छ सुनको शौचालय



gold-toiletराजा–महाराजा तथा धनाढ्यहरुको कल्पनामा रहने सुनको शौचालय सर्वसाधारणहरुका लागि समेत खुला भएको छ ।न्युयोर्ककको सोलोमोन आर गुगेनहिम संग्रालयले सुनबाट बनेको शौचालय आफ्ना आगन्तुकहरुको प्रयोगको लागि खुला गरेको हो ।

उक्त शौचालय इटालीका कलाकार काटेलानले तयार पारेका हुन् । अधिकांश कलाकारले निर्माण गरेको सिर्जनालाई हातले छुन दिने चलन छैन ।

यद्यपि गुगेनहिम म्युजियमले भने आगन्तुकहरुलाई त्यसको प्रयोगसमेत गर्न दिने भएको छ । ५४ किलो सुन प्रयोग गरेर तयार पारिएको उक्त कमोटको मूल्य २६ करोड ६९ लाख रुपैयाँ पर्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News