बार्सिलोनाको प्रस्ताव डि मारियाले किन अस्वीकार गरे ?


 


काठमाडौं, जेठ २५

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका अर्जेन्टिनी विंगर एन्जल डि मारियाले आफुले क्याटलान क्लब बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको खुलासा गरेका छन् ।

स्पेनिस क्लब रियल म्याड्रिड तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पुर्व विंगर डि मारियाले अन्तिम समयमा बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको खुलासा गरेको हो । बार्सिलोनाले २०१७ मा ब्राजिली स्टार नेयमारलाई विश्व कीर्तिमानी १९८ मिलियन पाउन्डमा बेचेको सिजनमै डि मारियालाई क्लबमा अनुबन्ध गर्ने प्रस्ताव गरेको थियो ।

एक अन्तर्वार्तामा डि मारियाले आफुले बार्सिलोना नगई पीएसजीमा बस्ने निर्णय गरेकोमा आफु निकै खुसी रहेको बताएका छन् । ‘जतिबेला नेयमार पीएसजीमा आए ।

बार्सिलोनाले मलाई अनुबन्ध गर्न चाहेको थियो । दुई क्लबबीच औपचारिक छलफलसमेत भएको थियो । तर, म सहमत भइँन,’ डि मारियाले भने, ‘प्रस्ताव आएपछि सुरुमा जाने मनासय बनाइसकेको थिए । तर, पछि सहकर्मीको सल्लाहपछि नजान सुझाव दिए । मैले क्लबलाई त्यही भनें । बार्सिलोना नजाने निर्णय गरेकोमा धेरै खुशी छु ।’

उनले बार्सिलोना जाने निर्णय गरेको भए ठुलो भुल हुन सक्ने पनि बताएका छन् । यस्तै डि मारियाले आफु पीएसजीमै खुसी रहेको र आफ्नो खेल करियर पनि युरोपबाटै अन्त्य गर्ने चाहना रहेको बताएका छन् । ३२ वर्षीय डि मारियाले २०१० देखि २०१४ सम्म रियल म्याड्रिडबाट बार्सिलोनाविरुद्ध खेलेका थिए । डि मारियाले रियलका लागि १९४ खेलमा ३६ गोल गरेका छन् ।

एक सिजन २०१४–२०१५ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका लागि खेलेका डि मारिया २०१५ मा पीएसजी पुगेका थिए । डि मारियाले पीएसजीका लागि २१७ खेल खेल्दा ८१ गोल गरिसकेका छन् । पीएसजीमा उनी पाँचौ सिजन बिताइरहेका डि मारिया अझैपनि टोलीका मुख्य खेलाडीको रुपमा रहेका छन् । डि मारियाले पीएसजीबाट ४ फ्रेन्च लिग वान, समान तीन कोपा डि फ्रान्स, कोपा डि ला लिग र ट्रफी डि च्याम्पियन्स जितेका छन् ।

प्रकाशित मिति: २५ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्