भर्चुअल तेक्वान्दोमा नेपाललाई दुई स्वर्ण



काठमाडौँ, जेठ २७

भर्चुअल तेक्वान्दोतर्फ अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ ।

प्रतियोगितामा नेपालका लक्ष्मण ऐर र दावा शेर्पाले स्वर्ण जितेका हुन् । युएस वेस्ट कोस्ट तेक्वान्दो सङ्घ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान र पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डद्वारा आयोजित प्रतियोगितामा नेपालका सस्मिता केसी र अर्जुन तामाङले रजत तथा रेशमाया गुरुङले कास्य पदक जिते ।

उक्त प्रतियोगितामा नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए । तेह्र सदस्सीय निर्णायक मण्डलमा एसियाबाट खड्का एक्लो निर्णायक रहेको नेपाल तेक्वान्दो सङ्घले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News