कुवेतबाट स्वदेश फर्कंदै नेपाली


 


काठमाडौं, जेठ २९
कुवेतमा अलपत्र परेका नेपाली स्वदेश फर्कंने भएका छन् । बुधबार नै आउने भनिए नेपाली नागरिक कुवेतको र नेपालको समयतालिका नमिलेपछि रद्द भएको उडान आज भएकाे छ।

त्यहाँबाट २ वटा उडानमार्फत् ३ सय नेपाली नागरिक स्वदेश फर्कंन लागेका हुन् । कुवेतले रातमा पठाउने भने पनि यहाँ रातमा व्यवस्थापन गर्न कठिनाइ हुने भएकाले समय मिलाउन कठिन भएको थियो । दुवैतर्फको सहमतिमा बिहीबार दिउँसोको समयमा दुवै जहाज अवतरण हुने भएको छ ।

जसअनुसार कुवेतको जजिरा एयरलायन्सको २ जहाजमा त्यहाँबाट नेपाली नागरिक आउँदै छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले दिएको जानकारी अनुसार पहिलो फ्लाइट बिहान साढे ११ बजे आउनेछ ।

पहिलो जहाज फर्के लगत्तै दोस्रो जहाज दिउँसो साढे १ बजे नेपाल आइपुग्ने तय भएको छ । कुवेतबाट फर्कन चाहेका सात हजार ९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २९ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्