एमबाप्पेकोे फड्को


 


पेरिस, जेठ २९ एजेन्सी

कोरोना कहरका कारण यो सिजनको युरोपका चर्चित घरेलु लिग सकिएका छैनन् । फ्रेन्च लिग वान चाँडै नै स्थगित गरिदा जर्मन बुन्डेस लिगा सुचारु भइसकेको छ । स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग र इटालियन सिरी ‘ए’ सुरु हुने तर्खर छ ।

समर ट्रान्सफर शुरु नहुदै खेलाडीले अघिल्लो सिजन गरेको प्रदर्शनको आधारमा खेलाडीको मुल्य निर्धारण भइसकेको छ । केही खेलाडीको बढ्दो उमेरका कारण ट्रान्सफर मुल्यमा ह्रास आइरहेको छ । इन्टरनेसनल सेन्टर फर स्पोर्ट्स स्टडिज सिआइइएसको अध्ययन र तथ्यांक अनुसार विश्वविजेता फ्रान्स तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका युवा स्टार केलियन एमबाप्पेको बजार भाउ सबैभन्दा बढी रहेको छ ।

बढ्दो उमेरका कारण आधुनिक फुटबलका हस्तीमध्येका एक पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो मुल्यवान् खेलाडीको सुचीमा ७०औं स्थानमा रहँदा अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनेल मेस्सी २२औं स्थानमा रहेका छन् । शीर्ष १० भित्र इंग्ल्यान्डका खेलाडीले वर्चस्व जमाउँदा २०१७ मा विश्व कीर्तिमानी मुल्यमा बार्सिलोनाबाट पीएसजी पुगेका ब्राजिली स्टार नेयमार ३७औं स्थानमा छन् ।

प्रकाशित मिति: २९ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्