इङल्याण्डविरुद्ध पाकिस्तानी टोली घोषणा


 


इस्लामावाद, जेठ ३० एजेन्सी

युवा स्टार हैदर अलीलाई समेट्दै पाकिस्तान क्रिकेट बोर्डले इंग्ल्यान्डसँगको समान तीन टेष्ट र टि२० आई सिरिजको लागि २९ सदस्य टोली घोषणा गरेको छ ।

२९ सदस्य टोलीमा पाकिस्तानको टेष्टको कप्तानी अजहर अली र टि२० को कप्तानी बाबर आजमले गर्ने छन् । बाबर आजम टेष्ट टोलीको उप कप्तान रहेका छन् । पहिलो पटक टोलीमा परेका यु१९ हैदरले उमेर समुह र घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । हैदरले दक्षिण अफ्रिकामा भएको यु१९ विश्वकपमा उत्कृष्ट प्रभाव छाडेका थिए ।

त्यस्तै बंगलादेशमा गत नोभेम्बरमा भएको एसिसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानले जित्दा हैदरले ५ खेलमा १ शतक सहित २ सय १८ रन जोडेका थिए । त्यस्तै पाकिस्तान सुपर लिग २०२० मा हैदरले १ सय ५८ को स्ट्राकइक रेटमा पेशवार जाल्मीबाट खेल्दै २ सय ३९ रन जोडेका थिए ।

हैदर क्लासिक ब्याटिङका लागि परिचित युवा ब्याट्सम्यान हुन् । जाल्मीबाट घरेलु क्रिकेट खेल्ने हैदरले ७ प्रथम श्रेणीमा २ शतक र ३ अर्ध शतकसहित ६ सय ४५ रन बनाई सकेका छन् । हैदर ठुलो सम्भावना बोकेका युवा ब्याट्सम्यान हुन् ।

पाकिस्तानको घोषणा टोलीमा तीब्र गतिका बलर मोहम्मद आमिर, हसन अली र मध्यक्रमका ब्याट्सम्यान हरिस सोहेल भने अटेका छैनन् । हसन लामो समय देखी चोटसँग जुधि रहँदा आमिर र सोहेलले ब्यक्तिगत कारण उपलब्ध नहुने बताएका हुन् । पाकिस्तानले अगष्ट सेप्टेम्बरमा इंग्ल्यान्डसँग तीन टेष्ट र तीन टि२० आई खेल खेल्ने छ ।

इंग्ल्यान्ड भ्रमणको लागि पाकिस्तानको २९ सदस्य टोली ः

ओपनर ः आबिद अली, फखर जमान, इमाम उल हक र शन मकशुद

मध्यक्रमका ब्याट्सम्यान ः अजहर अली टेष्ट कप्तान बाबर आजम टेष्ट उप कप्तान तथा टि२० कप्तान, असाद शफिक, फवाद आलम, हैदर अली, इफ्तिखर अहमद, खुश्दिल शाह, मोहम्मद हफिज र सोएब मलिक ।

विकेटकिपर ः मोहम्मद रिजवान र सरफराज अहमद ।

तीब्र गतिका बलरः फहिम असरफ, हरिस रउफ, इमरान खान, मोहम्मद अब्बास, मोहम्मद हसनैन, नसिम शाह, शाहिन अफ्रिदी, सोहेल खान, उस्मान शिनवारी र वहाब रियाज ।

स्पिनरः इमाद वासिम, काशिफ भाट्टी, सादब खान र यासिर शाह

प्रकाशित मिति: ३० जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्