१५ दिन क्वारेन्टिनमा बस्दै नेयमार


 


पेरिस, जेठ ३२

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन तथा ब्राजिलियन राष्ट्रिय टोलीका फरवार्ड नेयमार ब्राजिलबाट फ्रान्स फर्केने तयारीमा छन् ।

कोरोना भाइरस कोभिड १९ को संक्रमणले विश्वव्यापी महामारीको रुप लिन थालेपछि नेयमार स्वदेश फर्केका थिए ।

फ्रान्सले शनिबारबाट सिमा खुल्ला गरेको छ । अब पेरिस सेन्ट जर्मेन पिएसजीका फरवार्ड नेयमार च्याम्पियन्स लिगको तयारीका लागि फ्रान्स फर्कने तयारीमा छन् । पेरिस फर्केपछि नेयमारले १५ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ । विदेशबाट फ्रान्स आउने व्यक्ति १५ दिन अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ ।

पिएसजीको टोलीसँग अभ्यास थाल्नुअघि नेयमारले सो नियम पुरा गर्नुपर्ने हुनेछ । त्यसमाथि ब्राजिल कोराना अत्याधिक प्रभावित देशमा पर्दछ । नेयमार जुन २१ मा फ्रान्स फर्केने योजनामा रहेको बताइएको छ । त्यहि दिनबाट पिएसजीले अभ्यास सुरु गर्दैछ । तर, नेयमारले पेरिस फर्के लगत्तै अभ्यासमा सामेल हुन पाउने छैनन् ।

कोरानाका कारण लिग वान सहित युरोपका अधिकांश लिग रोकिएका थिए । बुन्डेस लिगा र ला लिगा सुरु भइसकेको छ । तर लिग वान भने त्यहि अवस्थामा रद्द गरेर शीर्षस्थानको नेयमार सम्मिलित पिएसजी च्याम्पियन बनेको थियो । च्याम्प्यिन्स लिगमा भने पिएसजी क्वार्टरफाइनलमा पुगेको छ ।
केहि दिनमा सरुवा बजार खुल्दा नेयमारका विषयमा फेरि एकपटक चर्चा हुने निश्चित छ । उनीले पीएसजीसँग नयाँ सम्झौता नगरेका कारण क्लब छाड्ने चर्चा चलेको हो ।

प्रकाशित मिति: ३२ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्