अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या


 


मुम्बई, जेठ ३२
बलिउडका चर्चित अभिनेता सुशांत सिंह राजपूतले आत्महत्या गरेका छन् । उनले बांद्रास्थित आफ्नै घरमा आत्महत्या गरेको बीबीसीले जनाएको छ ।

टेलिभिजन कार्यक्रम पवित्र रिश्ताबाट अभिनय फाँटमा सशक्त रुपमा उदाएका सुशान्तले एमएस धोनी, पिके जस्ता फिल्ममा पनि अभिनय गरेर वाहवाही कमाएका थिए ।

मुंबई पुलिसका एडिशनल सीपी मनोज कुमारले उनको आत्महत्याबारे पुष्टि गरेका हुन् ।

प्रकाशित मिति: ३२ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्