सुशान्त राजपुतको परिवारमा अर्को बज्रपात, भाउजुको पनि निधन




मुम्बई
बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको घटना सेलाउन नपाँउदै उनको भाउजुको निधन भएको छ ।

सुशान्तको मृत्युको थाहा पाएपछि उनकी भाउजुले पनि प्राण त्याग गरेको भारतीय मिडियाले जनाएका छन् ।

बिहारको पूर्णिया जिल्लामा रहेकी उनकी भाउजु सुधा देवी देवर सुशान्तको मृत्युको खबरले निधन भएको भारतीय सञ्चारमाध्यमको दाबी छ ।

ज्यान गुमाउने सुधा सुशान्तको आफ्नै भाउजु भने होइनन् । सुधा देवी उनको काकाको छोराको श्रीमती भएको समाचारमा बताइएको छ । सुशान्तको पुर्ख्यौली गाउँ बिहारको पूर्णिया जिल्लाको मलडीहा हो।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News