कोपा इटालियाको उपाधि नापोलीले जित्याे



काठमाडौं, असार ४
बुधबार भएको फाइनलमा नापोलीले युभेन्टसलाई टाइब्रेकरमा ४-२ ले हराएको कोपा इटालियाको उपाधि जीतेको छ ।

टाइब्रेकरमा युभेन्टसका लागि पहिलो प्रहार नै विफल भएको थियो । नापोलीका गोलरक्षक एलेक्स मेरेटले पाउलो डिबालाको प्रहार बचाएका थिए ।

युभेन्टसको लागि ड्यानीलोले गरेको दोस्रो प्रहार भने पोस्टभन्दा माथि आकासिएको थियो । तेस्रो प्रहारका रुपमा लिओनार्डो बोनुची र चौथो प्रहारमा आरोन राम्सीले भने गोल गरेका थिए ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट लिइएको थियो ।

नापोलीका लागि कप्तान लोरेन्जो इन्सिग्ने, म्याटियो पोलीटानो, म्याक्सीमोभिच र अर्कादिउस्ज मिलिकले गोल गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News