क्रिकेटमा यसरी हुँदैछ अनौठो प्रयोग, तीन टोली एकैसाथ मैदानमा



जोहानेसबर्ग, असार ४

दक्षिण अफ्रिका क्रिकेट बोर्डले एकै खेलमा तीन टोलीबीच सोलिडारिटी कप क्रिकेट थ्री टिम क्रिकेट गर्ने भएको छ ।

सुपरस्पोर्टस पार्कमा आगामी जुन २७ असार १३ मा तीन टोलीबीच एकै खेलमा प्रतिस्पर्धा हुने छ । क्रिकेटको नयाँ शैलीमा खेलाइने यस खेलमा दक्षिण अफ्रिका शीर्ष २४ खेलाडीले खेल्ने छन् । ईगल्सको कप्तानी दक्षिण अफ्रिका पुर्व कप्तान तथा विश्फोटक ब्याट्सम्यान एबी डि भिलियर्सले गर्ने छन् ।

सन् २०१८ मा सन्न्यास लिएका डिभिलिर्यस पछिल्लो समय दक्षिण अफ्रिका टोलीमा फर्किन संघर्षरत छन् । किंगफिशरको कप्तानी तीब्र गतिका बलर कागिसो रबाडाले गर्ने छन् । त्यस्तै दक्षिण अफ्रिका सिमित ओभरका कप्तान तथा विकेटकिपर क्विन्टन डी ककले काइट्सको नेतृत्व गर्ने छन् । दक्षिण अफ्रिका निर्देशक ग्रिम स्मिथले यस शैलीको क्रिकेटले उत्साह फिर्ता ल्याउने विश्वास राखेका छन् ।

खेल कुल ३६ ओभरको हुने छ । हरेक टोलीमा ८ जना खेलाडी हुने छन् । प्रत्येक टोलीले १२ ओभर खेल्ने छन् । ६ ओभरको एक इनिङ हुने छ । एउटा बलरले अधिक्तम ३ ओभर बलिङ गर्न पाउने छ । १८ ओभरमा ब्रेक टाइम हुने छ । ७ विकेट पतनपछि पनि अन्तिम ब्याट्सम्यानले खेल्न पाउने छ ।

उक्त ब्याट्सम्यानले २ रन वा बाउन्ड्री प्रहार गर्नुपर्ने हुन्छ । अर्थात सिंगल रन जोड्न भने पाउने छैन । सर्वाधिक रन बनाउने टोलीले स्वर्ण, दोस्रो धेरै रन बनाउने टोलीले रजत र कास्य पदक प्राप्त गर्ने छन् । दुवै टोलीले बराबर रन बनाए सुपर ओभरको आधारमा स्वर्ण पदक प्रदान गरिने दक्षिण अफ्रिका क्रिकेट बोर्डले जनाएको छ ।

कागिसो रबाडाले कप्तानी गर्ने किंगफिशरमा फाफ डु प्लेसिस, क्रिस मोरिस, तबरेज शम्सी, रिजा हेन्ड्रिक्स, जानेमान मालन, हेनरिक्स क्लासेन र ग्लेन्टन स्टुर्मन छन् । डि भिलियर्स कप्तान रहेको ईगल्समा एडेन मार्क्ररम, लुन्गी एन्गिडी, एन्डिल फेहलुकवयो, रास्सी भान डर दुसेन, जुनियर डाला, काइल बिर्रेन्नी र सिसान्ड मगला रहेका छन् ।

क्विन्टन डी कक कप्तान रहेको काइट्समा डेविड मिलर, तेम्बा बभुमा, एनरिच नोर्टिज, ड्वेन प्रिटोरियस, ब्युरन हेन्ड्रिक्स, जेजे स्मिट्स र लुथो सिपम्ला रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News