सेभिल्लासँग बार्सिलोनाको बराबरी


 


काठमाडौं, असार ६
स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोना सेभिल्लासँग गोलरहित बराबरीमा रोकिएको छ । सेभिल्लाको घरेलु मैदानमा शुक्रबार राति भएको तनावपूर्ण खेल गोलरहित बराबरीमा सकिएको हो ।

अन्ततः दुबै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा सकियो । बराबरीले दोस्रो स्थानको रियल मड्रिडलाई फाइदा भएको छ ।

बराबरीसँगै शीर्षस्थानको बार्सिलोनाले ३० खेलमा ६५ अंक बनाएको छ भने दोस्रो स्थानको रियल मड्रिडको २९ खेलमा ६२ अंक रहेको छ ।

तेस्रो स्थानको सेभिल्लाले ३० खेलबाट ५२ अंक बनाएको छ ।

प्रकाशित मिति: ५ असार २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्