प्रिमियर लिगमा आर्सनलको लगातार दोस्रो हार


 


काठमाडौं, असार ७
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो हार व्यहोरेको छ ।

शनिबार राति ब्राइटनको घरेलु मैदानमा भएको खेलमा आर्सनल २-१ गोल अन्तरले पराजित भएको हो ।

ब्राइटनसँगको खेलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको ६८ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । तर त्यो अग्रता ७ मिनेटभन्दा बढी टिक्न सकेन ।

खेलको ७५ औं मिनेटमा लेविस डुंकले गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको इन्ज्युरी समयमा निल मपेले गोल गर्दै ब्राइटनलाई २-१ को जीत दिलाए ।

यो हारसँगै आर्सनलले ३० खेलमा ४० अंक जोडेको छ । आर्सनल नवौं स्थानमा रहेको छ । ब्राइटन भने ३२ अंकसहित लिगको १५ औं स्थानमा रहेको छ । यसअघि आर्सनल म्यानचेस्टर सिटीसँग पराजित भएको थियो ।

प्रकाशित मिति: ७ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्