रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लियाे


 


काठमाडौं, असार ८
रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार रातिको खेलमा रियल सोसीडाडलाई उसैको घरेलु मैदानमा २-१ गोल अन्तरले हराउँदै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो ।

मड्रिडका लागि दोस्रो हाफको ५० औँ मिनेटमा पाएको पेनाल्टीलाई कप्तान सर्जियो रामोसले गोलमा परिणत गर्दै सुरुवाती अग्रता दिलाए ।

यस जीतसँगै शीर्ष स्थानमा पुगेको मड्रिडको ३० खेलबाट ६५ अंक भएको छ । बार्सिलोनासँग समान अंक भए पनि मड्रिड हेड टु हेडमा अगाडी रहेको छ । सोसीडाड भने ३० खेलमा ४७ अंकसहित छैठौँ स्थानमा छ ।

प्रकाशित मिति: ८ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्