कास्मिर भीडन्तमा गोली लागेर गाेरखा सैनिकको मृत्यु


 


काठमाडौँ, असार ९
भारत र पाकिस्तानको विवादास्पद सीमाक्षेत्र काश्मिरमा गोली लागेर एक गाेरखा सैनिककाे मृत्यु भएको छ ।

भारतीय गोर्खा सेनामा कार्यरत गुल्मीका दीपक कार्कीको श्रीनगरमा आइतबार मृत्यु भएको हाे।

छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले कार्कीको श्रीनगरमा आइतबार मृत्यु भएको बताए।

एजेन्सीहरुका अनुसार आइतबार भएको घटनामा तीन जनाको मृत्यु भएको थियो । त्यसको दुई दिनअगाडि भएको अर्को घटनामा आठ जना विद्रोहीको मृत्यु भएको थियो ।

प्रकाशित मिति: ९ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्