सोनमले गरिन् इन्स्टाग्रामको कमेन्ट बक्स डिलिट, यस्तो रहेछ वास्तविकता


 



एजेन्सी
अभिनेता अनिल कपुरकी छोरी सोनम कपुरले इन्स्टाग्राममा कमेन्ट गर्न नमिल्ने बनाएकी छिन् । उनलाई मानिसहरूले अत्यधिक ट्रोल गरिरहेपछि इन्स्टाग्राममा कमेन्ट गर्न नमिल्ने बनाएकी हुन् ।

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यालाई लिएर गाली तथा घृणाका मेसेज आएपछि उनले सामाजिक सञ्जालको कमेन्ट सेक्सन नै डिलिट गरेकी छिन्। 

एकसाता अघि बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको थियो । सुशान्तले मुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पासो लगाएर आफ्नै ज्यान फालेपछि अहिले बलिउडमा हलचल मच्चिएको छ । यसको निशानामा सोनम पनि परेकी हुन् ।

सुशान्तको निधनपछि बलिउडमा परिवारवादको चर्चा छ । केही अभिनेता तथा अभिनेत्रीमाथि अहिले प्रशंसकहरू खनिएका छन् । प्रशंसकहरूले सुशान्तको निधनको रिस अन्य अभिनेता अभिनेत्रीमाथि निकालेका छन् ।

यसै कारणले केही अभिनेता तथा अभिनेत्रीका फलोअर्स पनि घटेका छन् । भने कोही कलाकारले ट्वीटर अकाउण्ट पनि डिएक्टिभेट गरिसकेका छन् । 

प्रकाशित मिति: ९ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्