२४ घन्टा नबित्दै रामदेवको कोरोनाको औषधिमाथि प्रतिबन्ध, सामाजिक सन्जालमा खिल्ली


 



काठमाडौं, असार १०
पतञ्जली आयुर्वेद लिमिटेडले बजारमा ल्याएको कोरोना निको पार्ने औषधी ‘कोरोनिल’ को दाबी २४ घण्टा नबित्दै प्रतिबन्धमा परेको छ ।

मन्त्रालयले कम्पनीलाई यस किसिमको औषधी राम्रोसँग अध्ययन अनुसन्धान भइनसकेको जनाएको थियो । पतञ्जलीले कोरोना उपचारका लागि भनेर बाहिर ल्याएको औषधीको वैज्ञानिक अध्ययन नभएको समेत मन्त्रालयले जनाएको छ ।

साथै मन्त्रालयले औषधीबारे सम्पूर्ण प्रमाणहरु ९पूर्ण जानकारी० ल्याउन समेत निर्देशन दिएको छ । मन्त्रालयले औषधीबारे पूर्ण जानकारी दिन र औषधीमाथि प्रतिबन्ध लगाइएको जानकारी दिएको छ ।

औषधीमा सबै प्रकारका परीक्षण नगरी अर्को आदेश नहुञ्जलेसम्मका लागि प्रतिबन्ध भएको मन्त्रालयले जनाएको छ ।

औषधि प्रतिबन्धमा परेपछि सामाजिक सन्जालमा भारतीय योगगुरु बाबा रामदेवको खिल्ली उडाइएको छ । बाबा आइन्स्टेइन्डदेवलाई पहिलो एन्टी कोविड १९ औषधीको आविष्कारको लागि नोबेल पुरस्कार दिइनु पर्छ भन्ने जस्ता पोस्टरहरु बनाइएको छ ।

प्रकाशित मिति: १० असार २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्