म नातवाद र ग्रुपिज्ममा विश्वास गर्दैन : ज्याकलिन



एजेन्सी, असार ११
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले आफू नातवाद र ग्रुपिज्ममा विश्वास नगर्ने बताएकी छन् । श्रीलंकाबाट आएर भारतीय फिल्ममा स्थापित भएकी ज्याकलिनले बलिउडमा आफ्नो नातेदार नभएको बताएकी छन् । तर, आफूलाई बलिउडकर्मीले त्यसरी नहेपेको पनि यी अभिनेत्रीको कथन छ ।

बलिउडमा नातावाद फस्टाएको भए पनि आफूलाई त्यसले त्यति ठूलो असर नपारेको पनि अभिनेत्रीले बताएकी छन् । उनको भनाइमा ज्याकलिन हरेक कुरामा सकरात्मक छिन् । उनको सकरात्मक कुराले नै सिनेकर्मीहरूले ज्याकलिनलाई सकारात्मक रूपमा लिने गरेका छन् । बलिउडमा पछिल्लो समय एकपछि अर्को हिट फिल्म दिएकी ज्याकलिनले त्यति धेरै नातावादको सिकार हुनुनपरेको खुलाएकी छन् ।

लकडाउनको प्रभाव कम भएको बेला आफ्नो नयाँ फिल्मको काममा फर्कने तयारी गरेकी ज्याकलिनले बलिउडकर्मीहरू अब मिलेर अघि बढ्नुपर्छ भनेकी छन् । अहिले बलिउडका कलाकारका बारेमा नकात्मक टिप्पणी आइरहेको बेला सिनेकर्मीहरू आपसमा मिल्नुको विकल्प अरू कुरा नरहेको पनि उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News