१३ दिने मृत्यु संस्कार ३ दिनमा !


 


इटहरी जेठ २२

sankar-मृत्यु संस्कार विकृत र बाध्यता बनेको भन्दै संस्कृतिकर्मीहरुले यसलाई समय अनुकुल परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासंघले आज इटहरीमा आयोजना गरेको मृत्यु संस्कार सुधार तथा रुपान्तरण अभियान कार्यक्रममा संस्कृतिकर्मीहरुले मृत्यु संस्कारलाई बाध्यताका रुपमा अपनाउने भन्दा परिमार्जन गरेर जान उपयुक्त हुने बताएका हुन् ।
कार्यक्रममा सामाजिक सांस्कृतिक अध्ययन मञ्चका अध्यक्ष भिक्टर प्रधानले मृत्युका संस्कारहरु समय अनुसार परिमार्जन हुदै आएको र १३ दिने संस्कारलाई पनि घटाएर तीन दिनमा ल्याउनुपर्नेमा जोड दिनुभयो । शास्त्रमा उल्लेख भएपनि शास्त्र लेख्दाको समय र अहिलेको समय फरक भइसकेको भन्दै मृत्यु संस्कारलाई व्यवहारिक र समय सापेक्ष बनाउन आवश्यक रहेको बताउनुभयो ।

उहाले मृत्यु संस्कार बाध्यता बन्दा गरिब तथा आर्थिक स्थीति कमजोर भएकाहरुले धान्न समेत नसकीरहेको उहाले बताउनुभयो । यस्तै, राष्ट्रिय जनसांस्कृतिक महासंघका कोशी अञ्चल इञ्चार्ज जेबि थुलुंगले संस्कार परिवर्तनका लागि बहस उठान भएको भन्दै विस्तारै परिमार्जन हुदै जाने बताउनुभयो ।

डा. मोदनाथ प्रश्रितको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा श्री एक हजार आठ कृष्णदास जी महाराज, आयोजक संस्थाका अध्यक्ष खगेन्द्र राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विभिन्न धर्मका धर्मगुरुहरुले स्वस्ति वाचन गरि उद्घाटन गरिएको थियो ।

इटहरी एफएमबाट

प्रकाशित मिति: २२ जेष्ठ २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्