स्यानिटाइजर पिउँदा तीन जनाको मृत्यु


 



एजेन्सी
अमेरिकामा स्यानिटाइजर पिउँदा तीन जनाको मृत्यु भएको छ। कोरोना भाइरसका कारण अहिले अमेरिकामा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ ।

यसैबीचमा स्यानिटाइजर पिउँदा तीन जनाको मृत्यु भएको हो । सेनिटाइजर पिउँदा अन्य चार जनाले आँखाको दृष्टि गुमाएको न्यु मेक्सिको राज्यको स्वास्थ्य विभागले जनाएको छ ।

उनीहरुले पिएको स्यानिटाइजरमा मेथानोलको प्रयोग भएको हुन सक्ने अनुमान लगाइएको छ । उक्त स्यानिटाइजरले दिमाग लगायत शरिरका बिभिन्न स्थानमा असर पार्ने गर्छ ।

प्रकाशित मिति: १४ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्