घरेलु मैदानमै आर्सनलको सानदार जित


 


एजेन्सी, असार १८
लन्डन क्लब आर्सनलले सानदार जित निकाल्दा लेस्टर सिटी एभर्टनसँग स्तब्ध बनेको छ । कप्तान पिएरे इमरिक औवामियाङको दुई गोल सहयोगमा घरेलु मैदानमा बुधबार राति भएको खेलमा आर्सनलले रेलिगेसन जोनमा रहेको नर्विच सिटीमाथि ४–० को सानदार जित निकालेको हो । आर्सनलको जितमा कप्तान औवामियाङले दुई तथा ग्रानिट जाका र सेडरिक सोरेसले गोल गरे ।

खेलको ३३औं मिनेटमा औवामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । ३७औं मिनेटमा जाकाले गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–० को अग्रता कायम गर्‍यो । ६७औं मिनेटमा औवामियाङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आर्सनलको जित पक्का गरे ।

८१औं मिनेटमा सेडरिक सोरेसले गोल गर्दै आर्सनललाई ४–० को सानदार जित दिलाए । जितसँगै आर्सनल ३२ खेलबाट ४६ अंक जोडेर सातौ स्थानमा उक्लदा नर्विच सिटीलाई रेलिगेसन दवाव बढेको छ । नर्विच २१ अंक जोडेर पुछारमा यथावत छ ।

यस्तै अर्काे खेलमा एभर्टनले लेस्टर सिटीमाथि २–१ को जित निकालेको छ । एभर्टनको जितमा रिचार्लीसन र गिल्फी सिगुर्डसनले गोल गरे । लेस्टरका केलिची ले एक गोल फर्काए । जितसँगै एभर्टन ४४ अंक जोडेर ११औं स्थानमा उक्लदा लेस्टर ५५ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।

खेलको ३३औं मिनेटमा औवामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । ३७औं मिनेटमा जाकाले गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–० को अग्रता कायम गर्‍यो । ६७औं मिनेटमा औवामियाङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आर्सनलको जित पक्का गरे ।

प्रकाशित मिति: १८ असार २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्