अमेजनसँग प्रियंकाकाे करोडौंकाे डिल


 


मुम्बई, असार १९
बलिउडकी हट नायिका प्रियंका चोपडा अमेजन कम्पनीसँग् करोडौंकाे डिल गरेकी छन्। उनले अहिले मनोरञ्जनको संसारमा नयाँ उचाइ तय गर्ने योजनाअनुसार कम्पनीसँग् करोडौंकाे डिल गरेकी हुन्।

प्रियंकाले अमेजन प्राइम भिडियोसँग दुई वर्षका लागि फस्र्ट लुक टेलिभिजन सम्झौता गरेकी छन्। यो सम्झौतापछि उनले विश्व टेलिभिजनको दुनियाँमा विदेशी कन्टेट सुरु गर्दै छिन्।

यसका लागि प्रियंकाले अमेजनसँग दुई वर्षका लागि ‘मल्टिमिलियन डलर फस्र्ट लुक टेलिभिजन डिल’ मा हस्ताक्षर गरेकी हुन्। यसको जानकारी प्रियंकाले सोसल मिडियामार्फत दिएकी छन्। प्रियंकाले इन्स्टाग्राम अकाउन्टमा लेखेकी छन्,

‘कलाकार र निर्माताका रूपमा मैले सधैं भाषा र भूगोलभन्दा टाढा गएर रचनात्मक सामग्री पस्कने कोसिस गरेकी छु। मेरो प्रोडक्सन हाउस पर्पल पेबल पिक्चर्स अमेजनसँग नयाँ काम गर्न उत्साहित छ।’

प्रकाशित मिति: १९ असार २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्