वैज्ञानिकहरुले भने, ‘कोरोना भाइरस हावाबाट पनि सर्न सक्छ’


 



एजेन्सी
विश्वभरका वैज्ञानिकहरुले हावामार्फत पनि कोरोना भाइरस एक अर्कामा सर्न सक्ने बताएका छन् । हावाको कणमा रहने नोभल कोरोना भाइरसले पनि मानिसहरुलाई संक्रमित गराउन सक्ने बताउँदै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई आफ्नो सिफारिसहरुलाई सच्याउन आग्रह गरेका छन् ।

डब्लूएचओले कोभिड–१९ बाट संक्रमित व्यक्तिले खोक्दा वा हाँच्छ्यिु गर्दा उसको नाक र मुखबाट निस्कने पानीका थोपाका कणहरुबाट कोरोनाभाइरस मानिसबाट मानिसमा सर्ने बताउँदै आएको छ ।

न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्टका अनुसारं ३२ देशका २३९ जना वैज्ञानिहरुले डब्लूएचओलाई पत्र लेख्दै हावाको स–साना कणमा रहेका कोरोनाभाइरसले पनि मानिसलाई संक्रमित बनाउने तथ्य फेला पारेको जानकारी दिएका हुन् । उनीहरुले आफ्नो अनुसन्धानलाई अगामी हप्ता प्रकाशित गर्ने तयारी गरेका छन् ।

पछिल्लो समय रेस्टुरेन्ट, कार्यालय, क्यासिनो लगायतमा कोरोना संक्रमितहरुको क्लस्टर फेला पर्न थालेका छन् । जसले वैज्ञानिहरुले लामो समयदेखि भन्दै आएको हावाको माध्यमबाट कोरोनाभाइरस फैलिन्छ र यसले नजिकमा रहेकालाई संक्रमित बनाउँछ भन्ने कुरामा थप बल पुर्याउँछ ।

यदी यो पुष्टि भएमा घरभित्र सामाजिक दुरी कायम गरेपनि मास्क लगाउन अनिवार्य गर्नुपर्ने हुनेछ ।
यता, डब्लूएचओका डा. बेनेडेटा अलेग्रान्जीले हावाको माध्यमबाट पनि कोरोना भाइरस फैलिन्छ भन्ने तथ्य अविश्वस्नीय भएको बताए । उनले पछिल्लो केही महिनामा हावाको माध्यमबाट कोरोनाभाइरस सर्न सक्ने सम्भावनामा चर्चा गरे पनि यसबारे स्पष्ट प्रमाण फेला नपरेको जिकिर गरे ।

प्रकाशित मिति: २२ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्