कोरोना खोपको क्लिनिकल परीक्षण सफल भएकाे रुसको दावी


 


मस्को, असार २९
काेभिड १९ का लागि खोपको क्लिनिकल परीक्षण सफल भएको रुसको एक विश्वविद्यालयले दावी गरेको छ ।

सेचेनोभ विश्वविद्यालयले खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको र यसको प्रयोग सुरक्षित भेटिएको दावी गरेको हो । स्थानीय मिडियाका अनुसार विश्वविद्यालयका स्वयंसेवकहरुमा उक्त खोपको परीक्षण गरिएको थियो ।

खोप दिइएपछि ती स्वयंसेवकहरुलाई एक साताभित्र डिस्चार्ज गरिने विश्वविद्यालयले जनाएको छ । विश्वका वैज्ञानिकहरुले कोभिड १९ को खोप २०२० को अन्त्यसम्ममा सार्वजनिक भइसक्ने बताएका छन् । तर आम रुपमा सर्वसुलभ बनाउन थप समय लाग्ने बताइएको छ ।

प्रकाशित मिति: २९ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्