आज असार ३० गते मंगलबारको राशिफल


 


मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । स्वास्थ्य सबल रहनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मंगल कार्यको योजना बन्नेछ । धार्मिक / सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । कृषि कार्यमापनि सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आफन्त र मित्रताको बन्धनमा रमाउने समय छ । छोटो यात्रा गर्ने अवसरपनि प्राप्त हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन हाँसखेल खानपिनमा जानेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ । खुसीको खबर सुन्न पाउनु हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सम्मानपनि पाईनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तानपक्षको मायामा कमी आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । कार्यमा बाधा आउनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट फाईदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । वाणी, रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाम्पत्य जीवनमा एक किसिमको माधुर्यता छाउनेछ । मनमा दुविधा बढेपनि गरेको कार्यमा सफलता मिल्नेछ । शुभ कार्यको चर्चापनि चल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति: ३० असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्