पाकिस्तानको रणनीतिक नाटक सकियो, अमेरिकाले चीनविरुद्ध ‘ठूलो लडाईं’को तयारी गर्दै


 


एजेन्सी । अमेरिकाका लागि पाकिस्तानको क्षेत्रीय मेसिनेसन (जालसाझी) ले अब रणनीतिक उद्देश्य पूरा नहुने भएको छ । पाकिस्तानले यसअघिका अमिरिकी सरकारलाईजस्तो व्यवहार र अभिव्यक्तिले चीनको जोगाउन गर्न नसक्ने र पाकिस्तानी नाटक मञ्‍चनको अवधि सकिएको रणनीतिकारहरुले बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ठूलो र बहुआयामिक रुपमा चीनविरुद्धको लडाईंको तयारी थालेको युरोपियन थिंक ट्यांकले जनाएका छन् ।

युरोपियन फाउन्डेसन अफ साउथ एसियन स्टडिज्‌ (ईएफएसएएस) ले अमेरिकाविरुद्ध पाकिस्तान र चीन उत्कृष्ट मित्र भएर र सँगै उभिएका थिए ।

अमेरिकी विदेशमन्त्रालयले जारी जारी गरेको एक रिपोर्ट अनुसार अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता ऐनअन्तर्गत इस्लामावादलाई सन् १९९८ मा ‘एक विशेष ध्यान दिनुपर्ने मुलुक’ को रुपमा राखेको थियो । यसलाई सन् २०१९ मा पनि सोही बुँदा अन्तर्गत राखेर विशेष निगरानी गर्ने संयन्त्र बनाइएको छ ।

उक्त रिपोर्ट अनुसार पाकिस्तानका मदरसाहरु अतिवादी उत्पादन केन्द्र बनिरहेका छन् । त्यस्ता मदरासहरु सरकारी तथ्यांकमासमेत नरहेको र विदेशी विद्यार्थीलाई उनीहरुको ब्याकग्राउन्ड र सरकारको उद्देश्य र शासन शैलीका आधारमा रोक लगाइएकोसमेत जनाइएको छ ।

पाकिस्तानले अमेरिकालाई यस क्षेत्रमा आतंकवाद अन्त्य गर्ने भनेर प्रतिबद्धता गर्दै अेमिरिका-तालिबान वार्ता भए पनि त्यस विपरीत पाकिस्तानले अफगानिस्तानमा विभिन्‍न विस्फोटहरु गराएर सम्झौता नै भंग हुने स्थिति सिर्जना गराएको छ ।

अमेरिकाले चिनियाँ अधिकारीहरुमाथि प्रतिबन्ध लगाएसँगै चीनले पनि अमेरिकी अधिकारी र दुई जना सांसदहरुमाथि प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको विषयलाई लिएर राष्ट्रपति ट्रम्पले चीनको आलोचना गरिरहेका छन् ।

प्रकाशित मिति: ३१ असार २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्