चीनले अवैधरुपमा बाँध बनाएको भन्दै पाकिस्तानको मुजफरवादमा व्यापक प्रदर्शन


 


एजेन्सी, असार ३१
चीनले अवैधरुपमा पाकिस्तानको मुजफरवादमा रहको निलम र झेलुम नदीमा बाँध बनाएको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् । पाकिस्तान प्रशासित काश्‍मीरमा रहेको उक्त क्षेत्रमा चीनले एकतर्फीरुपमा बाँध बनाइरहेको छ ।

त्यसको विरोधमा मुजफरवादका स्थानीयहरुले व्यापक विरोध प्रदर्शन गरेका छन् । स्थानीय सञ्‍चारमाध्यमका अनुसार निलुम झेलुम र कोहाला जलविद्युत परियोजनामा अवैधरुपमा बाँध बनाएको विषयमा उनीहरुले यस सातादेखि आन्दोलन र प्रदर्शनहरु सुरु गरेका हुन् ।

पाकिस्तान र चीनले बनाइरहेको उक्त बाँधले वातावरणीय असर पर्ने भन्दै विरोध गरिरहेका छन् ।

सामाजिक सञ्‍जाल ट्विटरमा ह्यासट्यागसहित #SaveRivesSaveAJK अभियान सुरु गरेका छन् । जुन पछिल्लो समय ट्रेन्डिङमा रहेको छ ।

प्रदर्शनकारीहरुले भनेका छन्, “हामीले कोहाला जलविद्युत परियोजना त्यस क्षेत्रमा बन्नु हुँदैन भनेर आन्दोलन गरेका हौं । उक्त काम नरोकिएसम्म हाम्रो आन्दोलन जारी रहनेछ ।”

प्रकाशित मिति: ३१ असार २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्