विश्वकप फुटबलको मिति सार्वजनिक




काठमाडौं, साउन १
सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक गरिएको छ । जसअनुसार कतार विश्वकपको उद्घाटन नोभेम्बर २१ तारिखमा अल बायत रंगशालमा हुनेछ ।

रंक्त गशालाको दर्शक क्षमता ६० हजार रहेको छ । यसैगरी विश्वकपको फाइनल खेल ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा १८ डिसेम्बरमा हुनेछ ।

प्रतियोगिताको समूह चरणका बेला हरेक दिन चार वटा फरक रंगशालामा चार खेल हुनेछन । कतारको खलिफा रंगशालामा प्लेअफ र तेस्रो स्थानका लागि खेल हुनेछन । कतार विश्वकपमा पहिलो पटक एक ठाँउबाट अर्को ठाँउमा खेल्न जाँदा हवाई जहाजको प्रयोग नहुने भएको छ ।

यसअघि जुन र जुलाईमा हुँदै आएको प्रतियोगिता पहिलो पटक नोभेम्बरमा हुने भएको हो । कतारमा जुन जुलाईमा अत्याधिक गर्मी हुने भएकाले विश्वकप फुटबल नोभेम्बरमा सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News