शिवम् सिमेन्ट अब मोवाईल एप बाट पनि खरिद गर्न सकिने


 


काठमाडौं, साउन १
नेपाोलकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले कोभिड-१९ को विषम परिस्थितिमा ग्राहकहरु माझ सिमेन्ट खरिद गर्नका लागि सिमेन्ट जगतमै पहिलो पटक “शिवम् मोवाईल एप” सार्वजनिक गरेको छ । जस अन्र्तगत ग्राहकहरुले Google Play Store तथा IOS APP Store बाट  SHIVAM Mobile APP डाउनलोड गरी सहज प्रक्रियाका साथ सुपथ मुल्यमा आफुलाई चाहिएको परिमाणमा सिमेन्ट खरिद गर्न सक्नेछन् ।

साथै भुक्तानीको लागि Khalti,  E-sewa, Connect IPS  वा Cash on Delivery को सुविधा उपलव्ध गराएको छ । सिमेन्ट जगतमै पहिलो पटक नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत यस सिमेन्ट कम्पनीले निरन्तर रुपमा आफ्नो गुणस्तरीय उत्पादन गर्दै आईरहेको छ ।

कोरोना भाइरसले निम्त्याएको विषम परिस्थितिमा सबैको स्वास्थ्य सुरक्षाको निम्ति आवश्यक सामाजिक दुरी कायम रहोस् र हरेक किसिमका निर्माणहरुले पनि निरन्तरता पाओस् भन्ने उद्देश्यका साथ शिवम् सिमेन्टले यो एप संचालनमा ल्याएको हो । आधुनिक प्रविधिको माध्यमबाट ग्राहकहरुले आफ्नो मोबाइलमा “शिवम् मोबाइल एप” डाउनलोड गरी सुनिश्चित भएर सहज, सरल तथा सुरक्षित तरिकाल घरमै बसेर शिवम् सिमेन्ट अर्डर गर्न सक्ने व्यवस्था मिलाएको हो ।

यस एपको माध्यमबाट ग्राहकहरुले गरेको अर्डरलाई कम्पनीले सहज व्यवस्थापनका साथ उचित मुल्यमा समयमै तोकिएको स्थानमा डेलिभरी दिनेछ । झन्झट रहित सरल अर्डर प्रक्रिया भएको र भुक्तानीका लागि विभिन्न सहज सुविधाहरु भएको हुनाले ग्राहकहरुको लागि शिवम् सिमेन्ट खरिद गर्न यो एप अत्यन्तै प्रभावकारी रहने विश्वास कम्पनीले लिएको छ । यस एप भित्र नै सिमेन्टको निश्चित मूल्य निर्धारण भएको हुनाले ग्राहकहरु मूल्यमा सुनिश्चित रहन सक्नेछन् ।

क्ववालिटीको मामलामा नो कम्परमाइज भन्दै देशका विभिन्न ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा समेत आफ्नो महत्वपुर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टले opc cement मात्र उत्पादन गर्दै आईरहेको छ । “गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा “क्ववालिटीको मामलामा नाे कम्परमाइज” जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली opc सिमेन्ट बन्न सफल भएको हो ।
NS ISO Certificates, ISO, ISI, र BIS Certification Mark प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आइरहेको छ ।

प्रकाशित मिति: १ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्