Deshko News
१२ मंसिर २०८०, मंगलबार

अभिनेत्री स्वेता खड्का माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा नियुक्त


 


काठमाडौं, साउन १
माछापुच्छ्रे बैंक लि. ले आफ्नो ब्रान्ड एम्बासडरमा चर्चित अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई नियुक्त गरेको छ । बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो ।

माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका स्वेता खड्काले सझौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । चर्चित अभिनेत्री, समाजसेवी, युवा व्यवसायी एंव अन्य थुपै क्षेत्रमा राम्रो छवि बनाउन सफल खड्काको माध्यमबाट समाजका हरेक तह र तप्कासम्म बैंकको पँहुच पुग्ने बिश्वास बैंकले लिएको छ ।

नायिका खड्काले २० बर्ष लामो इतिहास बोकेको माछापुच्छ्रे बैंकसंग ब्रान्ड एम्वासडरको रुपमा आवद्ध हुन पाउँदा आफुलाई खुसी लागेको बताउदै आगामी दिनमा बैंकलाई थप उचाईमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्थापनाकाल देखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्मआफ्ना १५९ वटा शाखाहरु, १३४शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जालतथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस (POS Machine) मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति: १ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्