बहुप्रतिक्षित क्रिकेट प्रतियोगिता आइपीएलको मिति तय


 



काठमाडौं, साउन ९ । बहुप्रतिक्षित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल)को १३औं संस्करण सेप्टेम्बर १९ देखि युएईमा हुने भएको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को विश्वस्त स्रोतले १९ सेप्टेम्बरदेखि लिग सुरु हुने र फाइनल नोभेम्बर ८ मा हुने बताएको समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ । कोरोना भाइरस महामारीको कारण अनिश्चित बनेको आईपीएल टी–२० विश्वकप एक वर्षपछि सरेपछि युएईमा आयोजना गर्ने तयारी भइरहेको हो ।

यो ५१ दिनको हुनेछ र फ्रेन्चाइज, ब्रोडकास्टर, स्टेकहोल्डर सबैलाई सुहाउने छ,’ बीसीसीआईको उच्च पदाधिकारीलाई उद्‍धृत गर्दै पीटीआईले जनाएको छ ।

प्रकाशित मिति: ९ श्रावण २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्