Deshko News
१२ मंसिर २०८०, मंगलबार

एमबाप्पे तीन साता मैदान बाहिर


 


काठमाडौं, साउन १३

फ्रेन्च तथा पेरिस सेन्ट जर्मेन पीएसजीका युवा फरवार्ड केलियन एमबाप्पे तीन साता मैदान बाहिर रहने भएका छन् ।

कप डे फ्रान्सको फाइनल दौरान चोट बोकेर तीन साता मैदान बाहिर रहनुपर्ने भएपछि एमबाप्पेले फ्रेन्च लिग कपको फाइनलका साथै च्याम्पियन्स लिगको क्वाटरफाइन खेल गुमाउने पक्का भएको क्लबले जनाएको छ । फ्रेन्च लिग कप ३१ जुलाईमा तथा एटलान्टाविरुद्धको क्वाटरफाइनल १२ अगस्टमा पोर्चुगलको लिस्वनमा हुदैछ । पीएसजी सेमिफाइनल र फाइनल पुगेको अवस्थामा भने टोलीमा उपलब्ध हुने क्लबले जनाएको छ ।

सेन्ट एटिएनका कप्तान लोइस पेरिनले एमबाप्पेमाथि निकै गम्भीर फल गरेका थिए । पेरिनको फलमा रेफ्रीले सुरुवातमा पहेंलो कार्ड दिएपनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले रातो कार्ड दिएका थिए । फाइनलमा नेयमारको गोलमा अग्रता लिइसकेको पीएसजीले त्यसै गोलको मद्दतले उपाधि जितेको थियो । एमबाप्पेले खेल दौरान र उपाधि उचाल्दा बैसाखीको सहारा लिएका थिए ।

क्लबले जारि गरेको विज्ञप्ति अनुसार एमबाप्पेको दायाँ खुट्टाको एंकलको एक्स्टर्नल लेटरल कम्पार्टमेन्टमा गम्भीर चोट लागेको छ । चोट पुर्ण रुपमा निको हुन कम्तीमा पनि तीन साता लाग्नेछ । एमबाप्पेले यस सिजन ३४ खेल ३० गोल गरेका छन् । फ्रान्सको शीर्ष डिभिजन लिगसहित सम्पूर्ण प्रतियोगिता कोरोना भाइरसका कारण रद्ध भएपनि पीएसजी च्याम्पियन बनेको थियो ।

एटलान्टालाई पराजित गरे त्यसको एक सातापछि ९१८–१९ अगस्टमा क्लबले सेमिफाइनल खेल्नेछ । फाइनल खेल २३ अगस्टमा हुनेछ ।

प्रकाशित मिति: १३ श्रावण २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्