Deshko News
१२ मंसिर २०८०, मंगलबार

मलेसियामा नेपाली कामदारमाथि कुटपिट


 


क्वालालम्पुर, साउन १७
मलेसियाको राजधानी क्वालालम्पुरमा एक नेपाली कामदारमाथि कुटपिट गरिएकाे छ। उनलाइ आफ्नै सुपरभाइजरले निर्घात कुटिरहेको दृश्य भाइरल बनेसँगै यसबारे
त्यहाँ रहेकाे दूतावासमा कुरा उठेकाे छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडिओमा देखिए अनुसार सन्तोष सापकोटा नामका कामदारलाई सुपरभाइजरले लठ्ठीले प्रहार गरिरहेका छन् । तर सन्तोषले प्रतिकार गर्न सकिरहेका छैनन् ।

उनी सुरक्षागार्ड भएको पनि भिडिओबाट चिनिन्छ । घटनासँगै उनले दूतावासमा उजुरी दिएका छन् । यस्तो भिडिओ गत जुलाई ७ मा सार्वजनिक भएको बताइएको छ ।

प्रकाशित मिति: १७ श्रावण २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्