आज कुन देशको मुद्राको विनिमयदर कति ?


 


काठमाडौं, साउन २३
नेपाल राष्ट्र बैंकले शुक्रबार (साउन २३) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६० पैसा र बिक्रीदर १२० रुपैयाँ २० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५८ रुपैयाँ २५ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २८ रुपैयाँ ७० पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ ।

प्रकाशित मिति: २३ श्रावण २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्