भारतमा हकीका कप्तानसहित पाँच खेलाडीमा कोरोना संक्रमण


 



काठमाडौं, साउन २४ । भारतमा हकीका पाँच खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कप्तान मनप्रीत सिंहसहित पाँच जना खेलाडीमा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमित हुनेहरुमा कप्तान मनप्रीत सिंह, सुरेन्द्र कुमार, जसकरन सिंह, वरुण कुमार र कृष्णबी पाठक रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एक महिनाको विश्रामपछि बेङगलुरुमा प्रशिक्षणमा फर्कने क्रममा गरिएको परीक्षणमा नेगेटिभ आएको थियो । संक्रमित खेलाडीको संख्या बढ्न सक्ने स्पोर्ट्स अथरिटी अफ इन्डिया एसएआईले जनाएको छ ।

एस एआईका अनुसार मनप्रित र सुरेन्द्र कुमारमा कोरोनाको लक्षण देखिएपछि अन्य खेलाडीहरुकोे पुनः कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित मिति: २४ श्रावण २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्