प्रहरीकै सेटिङमा भित्रिदैं भारतीय नागरिक


 


काठमाडाैँ, साउन २६
सरकारले चैत १० गतेदेखि अन्तराष्ट्रिय नाका बन्द गरेको छ। सरकारको पछिल्लो मन्त्रिपरिषद बैठकले साउन ३२ गतेसम्म अन्तराष्ट्रिय नाका बन्द गर्ने निर्णय गरेको छ। तर संक्रमण बढीरहेको भारतबाट भारतीय नागरिकलाई सीमामा खटिएका सुरक्षाकर्मीले नै प्रवेश गराइरहेको बताइएको छ।

‘सीमामा प्रहरीलाई पैसा दिएमा प्रवेश गर्न पाइराखिएको छ, रु ५ हजार दिएर प्रवेश गरेको हुँ’ ग्रिल उद्योगमा काम गर्ने एक जनाले भने,‘सबैजना यसरी नै प्रहरीलाई मिलाएर आइरहेका छन्।’ रु ५ हजार दिएमा प्रहरी र शसस्त्र प्रहरीले आउन दिएको उनको भनाई छ। रु ५ हजार तिर्न नसक्ने नित्रगर नाका छेउ नजिकै पूर्वतिर मोहना नदी तरेर समेत आउने गरेको उनले बताए। मोहना नदी तरेर आउदाँ पनि प्रहरीलाई २ हजार दिनु परेको उनको भनाइ छ।

‘भारतमा भयाभह रुपमा संक्रमण फैलिरहेको छ, त्यहाँबाट नगारिक आउनै दिनु नपर्ने हो, यदी आउन दिनु नै पर्ने भएपनि क्वारेन्टिनमा राखी जाँच गरेर कोरोना नभएको पुष्टि भएपछि मात्र समुदायमा काम गर्न दिनु पर्ने हो’नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्,‘प्रहरीले घुस खाएर भारतीय नगारिक प्रवेश गराएको मैले पनि सुने, जताततै मौलाएको भ्रष्टाचारले जनतालाई निराश बनाइसक्यो।’

भ्रष्टाचारीको संरक्षण हुने भएकाले जताततै भ्रष्टाचार मौलाएर देश नै चुर्लुम्म डुबेकोले अवस्था भयाभह बन्दै गएको उनी बताउछन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले अन्तराष्ट्रिय सीमा नाका बन्द भएकाले अहिले भारतीय नगारिक नेपाल प्रवेश गर्न रोक लगाइएको दाबी गरे।  सीमामा कडाइ गरेर भारतीय नागरिक आउन रोक लगाइएको उनको दाबी छ। सीमामा प्रहरीलाई पैसा दिएर भारतीय नागरिक प्रवेश गरेको सुन्नमा आएको उल्लेख गर्दै यसको बारेमा छानबिन गर्न प्रहरी प्रमुखहरुलाई निर्देशन दिइसकेको बताए।

‘सीमामा प्रहरीलाई पैसा दिएर भारतीय नागरिक प्रवेश गरेको हो भने यो गंभिर बिषय हो’उनले भने,‘मैले नेपाल प्रहरी र शसस्त्र प्रहरी दुवै एसपीलाई यो बिषयमा छानबिन गर्न कडाइका साथ निर्देशन दिइसकेको छुँ।’

शसस्त्र प्रहरीका एसपीले छानबिन समिति गठन गरेर छानबिन शुरु गरिसकेको उनले बताए। पैसा लिएर प्रवेश गरेको पाइएमा कारवाही गरिने उल्लेख गर्दै छानबिन गरेर पत्ता लगाउनमा सहयोग गर्न उनले आग्रह गरे।

पछिल्लो दिनमा सुदूरपश्चिममा संक्रमणको दर बढेको छ। भारतका बिभिन्न ठाउँमा काम गर्न गएकाहरु  फर्केका कारण जोखिममा रहेको सुदूरपश्चिम भारतीय नाागरिकलाई अबैध रुपमा प्रवेश गराएर समुदायमा जान दिएपछि अझ बढी जोखिम भएको छ।

भारतका बिभिन्न ठाउँबाट आइरहेका नेपालीहरुलाई समेत क्वारेन्टिनमा नराखी घर घर पठाउने गरिएको छ। चरम लापरवाहीका कारण सुदूरपश्चिममा बिष्फोट भएर संकट निम्तीने खतरा रहेको वरिष्ठ फिजिसियन शुभेस राज कायस्थ बताउँछन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुृसार सुदूरपश्चिममा ४ हजार ७ सय ६० जना संक्रमित भएका छन्। संक्रमित मध्य ९ जनाको मृत्यु भएको छ। नागरिक दैनिकबाट

प्रकाशित मिति: २६ श्रावण २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्