फेसबुक पोष्टकै कारण तहल्का, दुई जनाको मृत्यु


 



एजेन्सी
भारतको बैंलोरमा पैगम्वर मोहम्मदबारे फेसबुकमा हालिएको एक पोस्टकैै कारण दुई जनाको ज्यान गएको छ । फेसबुक पोष्टलाई लिएर शुरु भएको विरोध प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा दुई व्यक्तिको मृत्यु भएको हो ।

दक्षिणी भारतीय शहर बैंगलोरस्थित एकजना स्थानीय राजनीतिज्ञको घर सामु सो भिड एकत्रित भएको थियो । ति राजनीतिज्ञका एकजना आफन्तले पैगम्वरकाबारे आपत्तिजनक कुरा फेसबुकमा पोस्ट गरेका थिए ।

आक्रोसित भिडले घटनास्थलमा पुगेका प्रहरीमाथि ढुँगामुढा गर्नुकासाथै सवारी साधनहरुमाथि आगजनि गरेको थियो । प्रहरीलेि घटनाका प्रमुख कारण मानिएका पुरुषलगायत अन्य एक सय एघारजना व्यक्तिलाई गरिफ्तार गरेको छ।

उक्त घटनामा कम्तिमा साठी जना प्रहरी घाइते भएको आशंका गरिएको छ । शहरका दुइृवटा जिल्लामा कफ्र्यु लगाइएको बताइएको छ। नगर प्रहरी विभागले ट्विटर मार्फत स्थिति पूर्णत नियनत्रणमा आइसकेको तथा भिड नियन्त्रणका लागि प्रहरी गोली र अश्रुग्यास प्रहारका साथै लाठी चार्ज गर्नुपरेको स्पष्ट पारेको छ ।

प्रकाशित मिति: २८ श्रावण २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्