यस्तो छ राष्ट्रिय फुटबल टोलीका खेलाडीको कोरोना रिपोर्ट


 


काठमाडौं, साउन २९

कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको अन्तिम तीन खेलको लागि बन्द प्रशिक्षण सुरु हुनुअघि गरिएको स्वाब संकलनमा ५३ जनाको कोरोना टेस्ट नेगेटिभ आएको र एक जनाको पुन स्वाब संकलन गर्नुपर्ने भएको छ ।

एन्फाले सोमबार र मंगलबार बन्द प्रशिक्षणमा डाकिएका ३४ खेलाडीसहित ५४ कोरोना परिक्षणको लागि स्वाब संकलन गरेको थियो । बुधबार ११ खेलाडीसहित २५ जनाको कोरोना नेगेटिभ आएको थियो । बिहीबारको नतिजामा भने स्वाब दिएका २९ जना खेलाडी, अफिसियल र होस्टेल स्टाफमध्य एक जनाको स्वाब भन पुन संकलन गरिनुपर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

टिमको एक जना सदस्यसको पुनः स्वाब संकलन गर्नु भएको हो । पुन परिक्षण गर्नुपर्ने भनेपछि उनले पुनस् परिक्षणका लागि स्वाब संकलन समेत गराइसकेका छन् । स्वाब दिने क्रममा नै त्रुटी भएपछि उनको पुनस् परिक्षण गर्नुपर्ने भएको हो ।

एन्फाले १ भदौबाट प्रशिक्षण शुरु गर्ने योजनासहित ३४ खेलाडीसहित टिम अफिसियल र होस्टल स्टाफको कोरोना परिक्षण गरेको थियो । एसियाली फुटबल कन्फेडेरेसन एएफसीले बुधबार मात्रै विश्वकप र एसियन कपको बाँकी रहेको छनोट खेल २०२१ सम्मका लागि स्थगित गरिएको घोषणा गरेपछि एन्फाले पनि प्रशिक्षण स्थगित गर्ने घोषणा गरेको थियो ।

एन्फाले क्वारेन्टिनमा रहेका ९ खेलाडीसहित अफिसियललाई बुधबारै रिलिज गरिसकेको छ । संक्रमण तीब्र रुपमा बढ्दै गएपछि एन्फाको मुख्य कार्यलय पनि एक साताको लागि बन्द गरिसकेको छ । नेपालले अक्टोबर(नोभेम्बरमा घरेलु मैदान दशरथ रंगशालामा चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्ने तालिका थियो ।

प्रकाशित मिति: २९ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्